सर्लाही कारागारको सुरक्षा अब नेपाली सेनाको जिम्मामा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मन्त्रिपरिषद्को निर्णयपछि २५ सैनिक परिचालन

१ फागुन, सर्लाही । ले सर्लाहीको मलंगवास्थित जिल्ला कारागारको सुरक्षा जिम्मेवारी सम्हालेको छ। बिहीबार साँझ ५ बजेदेखि कारागार परिसरमा सेनाको टोली तैनाथ गरिएको हो।

मलंगवा सुरक्षा बेसबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा २५ जनाको टोली कारागार सुरक्षार्थ खटिएको बताइएको छ। यसअघि उक्त कारागारमा र को संयुक्त टोलीले सुरक्षा दिँदै आएको थियो।

सरकारले सुरक्षाका दृष्टिले अति संवेदनशील ठानिएका कारागार तथा महत्वपूर्ण संरचनामा सेना परिचालन गर्ने निर्णय गरेपछि मलंगवा कारागारमा पनि सेना खटाइएको हो।

कालीध्वज गण, नवलपुर पाँचकुमारीका गणपति उमेश खड्काले सेनाले औपचारिक रूपमा जिम्मेवारी सम्हालिसकेको जानकारी दिए। उनका अनुसार सरकारको निर्देशनअनुसार सम्बन्धित निकायसँग समन्वय गर्दै सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको छ।

हाल कारागार परिसरमा सुरक्षा सतर्कता बढाइएको र अवस्थालाई नियन्त्रणमा राखिएको सुरक्षा स्रोतले जनाएको छ।

Leave a Comment