शिवरात्रीको तयारी पूरा, पशुपति क्षेत्रमा भक्तजनका लागि विशेष व्यवस्था

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २ फागुन २०८२ । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिलाई लक्षित गर्दै ले परिसरमा सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। आइतबार मनाइने पर्वका अवसरमा दर्शनार्थीलाई सहज र व्यवस्थित रूपमा पूजा–दर्शन गराउन आवश्यक व्यवस्थापन मिलाइएको कोषले जानकारी दिएको छ।

शिवरात्रि मनाउन देशका विभिन्न जिल्लाका साथै भारतबाट आउने साधुसन्तहरू पशुपति क्षेत्रमा आइपुगिसकेका छन्। परम्पराअनुसार पर्व सम्पन्न भएपछि उनीहरूलाई दान–दक्षिणासहित सम्मानपूर्वक बिदाइ गरिने व्यवस्था गरिएको छ।

हरेक वर्ष महाशिवरात्रिका अवसरमा स्वदेश र विदेशबाट हजारौं भक्तजन पशुपतिनाथको दर्शनका लागि काठमाडौं आउने गर्छन्। पर्वकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेला लाग्ने तथा धार्मिक गतिविधि, भजन–कीर्तन र दीप प्रज्वलन कार्यक्रम सञ्चालन हुने परम्परा रहेको छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा शिवालयहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। यस दिन श्रद्धालुहरूले शिवलिङ्गमा बेलपत्र चढाउने, उपवास बस्ने र रात्रिभर जाग्राम बसेर पूजा–आराधना गर्ने धार्मिक मान्यता रहेको छ।

Leave a Comment