जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्तामा एसपी नवराज अधिकारी

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 1.2k
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक नवराज अधिकारीले पाएका छन् । काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र बहादुर खत्रीले सोमबार अधिकारीलाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न अधिकारीलाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका प्रहरी उपरीक्षक कुमोद ढुंगेलको जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएका थिए । अधिकारी भने यसअघि सीआईबीको प्रवक्तामा थिए । प्रहरी उपरीक्षक अधिकारी नेपाल प्रहरीमा अब्बल अधिकृतको रुपमा चिनिएका अधिकृत हुन ।