२३ फागुन,काठमाडौँ : प्रतिनिधि सभाको निर्वाचनमा सिराहा-४ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तपेश्वर यादव विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार यादवले ३६,२१० मत प्राप्त गरेका छन्। उनका प्रमुख प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजयशंकर नायकले ७,९७२ मत पाएका छन्।
तेस्रो स्थानमा जनमत पार्टीका विरेन्द्रप्रसाद महतो रहे, जसले ५,०४१ मत पाए। अन्य उम्मेदवारमा नेकपा (एमाले)का धर्मनाथप्रसाद साह ४,२२७ मत, नेपाली कांग्रेसकी चन्द्रकला यादव ४,०६१ मत र जसपा नेपालका राजकिशोर यादव ३,४८४ मत प्राप्त गरे।

