राष्ट्रिय सभाका नयाँ सांसदले पद तथा गोपनीयताको शपथ लिए

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २५ फागुन २०८२। माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित नयाँ सांसदहरूले आज सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहरूलाई औपचारिक रूपमा शपथ गराएका हुन्।

माघ ११ को निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि हरेक दुई वर्षमा निर्वाचन हुने प्रावधान छ। यसैअनुसार २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो। रिक्त रहेको एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधानअनुसार भरिनेछ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसा)ले तालमेल गरेको थियो। सोही अनुसार निर्वाचित सांसदहरू यस प्रकार छन्:

कोशी प्रदेश: सुनिलबहादुर थापा, रोशनी मेचे, सोम पोर्तेल
मधेश प्रदेश: महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण, रेखा झा
बागमती प्रदेश: गीता देवकोटा, डा. प्रेम दंगाल
गण्डकी प्रदेश: जगत तिमिल्सिना, सम्झना देवकोटा
लुम्बिनी प्रदेश: रामकुमारी झाँक्री, वासुदेव जंगली, चन्द्रबहादुर केसी
कर्णाली प्रदेश: ललितजंग शाही, मिना रखाल
सुदूरपश्चिम प्रदेश: खम्मबहादुर खाती, लीला भण्डारी

नव निर्वाचित सांसदहरूले संविधान अनुसार कर्तव्यपालन र गोपनीयताको जिम्मेवारी पूरा गर्ने शपथ लिएर आफ्नो पद सम्हाल्ने तयारी गरेका छन्।

Leave a Comment