नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गग्लीएल्मो एरेना नियुक्त

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन २८ — नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्वीट्जरल्यान्डका गग्लीएल्मो एरेना नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सामाजिक सञ्जालमार्फत एरेनालाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो। उनको कार्यकाल आगामी मार्च १ देखि सन् २०२७ फेब्रुअरीको अन्त्यसम्म रहने जनाइएको छ।

एरेना यसअघि लाओसको २३ वर्षमुनिको राष्ट्रिय टोलीमा कार्यवाहक प्रशिक्षकका रूपमा काम गरिरहेका थिए। नेपालका लागि मुख्य प्रशिक्षक छनोट प्रक्रियामा ७ सयभन्दा बढी प्रशिक्षकले आवेदन दिएका थिए, जसबाट एरेना अन्तिम रूपमा छनोट भएका हुन्।

एन्फाका महासचिव किरण राईले एरेनालाई नियुक्तिपत्र प्रदान गरेका छन्। प्रशिक्षकको पारिश्रमिक र अन्य आर्थिक पक्ष भने आपसी सहमतिमा निर्धारण गरिएको बताइएको छ।

एरेनाको प्रशिक्षणमा नेपाली टोलीले पहिलो खेल हङकङविरुद्ध खेल्नेछ। उक्त खेल आगामी मार्च २६ मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने तय भएको छ।

Leave a Comment