काठमाडौं, चैत १५, २०८२-प्रधानमन्त्री बालेन शाहले आफ्नो प्रशासनलाई सुदृढ पार्दै प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त गरेका छन्।
कुमार बेन र असीम शाह दुवै प्रधानमन्त्री बालेनका नजिकका सहयोगी हुन्। बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदा यी दुबैले सक्रिय सहयोग गर्दै आएका थिए।
सल्लाहकार नियुक्तिका सम्बन्धमा निर्णय बालेन र सञ्चारकर्मी रवि लामिछानेबीचको सहकार्यका क्रममा भएको बताइएको छ। यस सहकार्यका छलफलहरू कुमार बेनको ललितपुरस्थित घर र असीम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा सम्पन्न भएका थिए।
प्रधानमन्त्रीको नयाँ सल्लाहकार नियुक्तिले बालेनको प्रशासनिक योजना र राजनीतिक रणनीतिमा थप बल प्रदान गर्ने अपेक्षा गरिएको छ।

