प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत २३ — सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ। संसदको कामकारबाहीलाई थप प्रभावकारी बनाउन आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले हाल कायम रहेको प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्न मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ। यसका साथै २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय पनि गरिएको छ। नियमावलीअनुसार उक्त समितिमा २१ सदस्य रहने व्यवस्था रहेको छ।

त्यस्तै, बैठकले संसदको कामकारबाहीलाई क्रमशः डिजिटल प्रविधिमार्फत सञ्चालन गर्ने निर्णयसमेत गरेको

छ।

 

 

Leave a Comment