२६ चैत,काठमाडौ,बिहीबार-प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई दलबीच प्रतिस्पर्धा रोचक बनेको छ। श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती तामाङ चुनावी मैदानमा उत्रिएका छन्।
रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गरेपछि रुबी ठाकुरको जित लगभग निश्चितजस्तै देखिएको छ। उक्त समर्थनसँगै उनको पक्षमा प्रतिनिधिसभामा दुई तिहाइभन्दा बढी मत पुग्ने अनुमान गरिएको छ।
राप्रपाबाट उम्मेदवार बनेकी सरस्वती तामाङले बिहीबार उम्मेदवारी दर्ता गराएकी हुन्। राप्रपाले भने सुरुवातमा रास्वपाबाट समर्थनको आश्वासन पाएको दाबी गरेको छ।
तर अन्तिम समयमा रास्वपाले निर्णय परिवर्तन गर्दै श्रम संस्कृति पार्टीलाई साथ दिएपछि राजनीतिक समीकरण बदलिएको छ।
उपसभामुख पदका लागि उम्मेदवारी दर्ता बिहीबार सम्पन्न भएको छ भने शुक्रबार प्रतिनिधि सभामा मतदान हुने कार्यक्रम तय गरिएको छ।

