समानुपातिक सांसदसँग प्रधानमन्त्रीको प्रत्यक्ष संवाद, बुधबार अन्तरक्रिया हुँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, वैशाख १ — प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदका समानुपातिकतर्फका सांसदहरूसँग बुधबार अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे आयोजना हुने उक्त कार्यक्रममा विभिन्न दलका सांसदहरू सहभागी हुने जनाइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यक्रममा सांसदहरूले आफ्नो क्लस्टर अन्तर्गतका समस्या, चुनौती र समाधानका सम्भावनाबारे प्रत्यक्ष रूपमा धारणा राख्नेछन्। यसमार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच सीधा संवाद स्थापना गर्ने लक्ष्य राखिएको छ।

सरकारले यो अन्तरक्रियालाई नीति निर्माण र कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने अवसरका रूपमा लिएको छ। साथै सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणालीलाई मजबुत बनाउन यस्तो पहल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Leave a Comment