काठमाडौँ : सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ सँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयबारे अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी को नेतृत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह का प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल का अनुसार समितिलाई पूर्वगृहमन्त्री गुरुङसँग जोडिएका सार्वजनिक सरोकारका विषयमा सत्यतथ्य अध्ययन गरी रायसुझावसहित १५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ
पूर्वगृहमन्त्री गुरुङ प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन
Leave a Comment
Leave a Comment







