थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुलसा काठमाडौं ल्याइन्, सोमबार अदालतमा उपस्थित गराइने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

तुलसी अधिकारी उर्फ ‘तुलसा’ लाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। सम्पत्ति शुद्धीकरण, ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा खोजी सूचीमा रहेकी उनलाई शनिबार मध्यराति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी को इन्टरपोल शाखाको समन्वयमा थाइल्यान्डमा पक्राउ परेकी तुलसीलाई राति करिब १ बजे ललितपुर प्रहरीले जिम्मा लिएको हो। हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भइसकेको छ। अनुसन्धानमा उनले करिब ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लगाइएको छ।
प्रहरी अनुसन्धान अनुसार सामाजिक सञ्जाल टिकटकमार्फत विभिन्न व्यक्तिसँग सम्बन्ध विस्तार गरी ‘हनी ट्र्याप’ शैलीमा ब्ल्याकमेलिङ तथा आर्थिक लेनदेन गरेको उजुरीपछि उनीमाथि छानबिन सुरु गरिएको थियो। बैंक खाताको विवरण जाँच गर्दा ठूलो परिमाणमा शंकास्पद कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान विस्तार गरिएको प्रहरीले जनाएको छ।
कुमार चिमोरिया सहितका पीडितहरूले जाहेरी दिएपछि प्रहरीले उनीविरुद्ध विस्तृत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनी चीनमा रहेको निष्कर्ष निकालिएको थियो। पछि इन्टरपोलको सहयोगमा थाइल्यान्डमा पक्राउ परेकी उनलाई नेपाल फर्काइएको हो।
आज सार्वजनिक बिदा परेकाले उनलाई सोमबार ललितपुर जिल्ला अदालत मा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको

Leave a Comment