काठमाडौं । स्टार स्ट्राइकर किलियन एम्बापेको उत्कृष्ट प्रदर्शनसँगै फ्रान्सले फिफा विश्वकप २०२६ मा इराकमाथि सहज जित निकालेको छ ।
फिलाडेल्फिया स्टेडियममा भएको खेलमा फ्रान्सले इराकलाई ३–० गोलले पराजित गरेको हो । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको फ्रान्सका लागि १४औँ मिनेटमा किलियन एम्बापेले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफमा पनि फ्रान्सले दबाब कायम राख्यो । खेलको ५४औँ मिनेटमा एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । विश्वकपमा उनको यो १६ खेलमा १६औँ गोल हो ।
त्यसपछि ६६औँ मिनेटमा ओस्मान डेम्बेलेले गोल थपेपछि फ्रान्सले ३–० को जित पक्का गर्यो ।
इराकले फ्रान्सविरुद्ध आक्रमण गर्ने प्रयास गरे पनि गोल गर्ने अवसर सिर्जना गर्न सकेन । लगातार दोस्रो जितसँगै फ्रान्स विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
एम्बापेको चमकमा फ्रान्सको शानदार जित, नकआउट चरणमा प्रवेश
Leave a Comment
Leave a Comment






