काठमाडौं, असार ३० — सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको छ। शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेका बेला मंगलबार बिहान २:०५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो। उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार आउन नसकेपछि निधन भएको हो।
सर्लाहीका विवेक मण्डलको उपचारकै क्रममा निधन
Leave a Comment
Leave a Comment

