कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुरमा जेनजी एण्ड युथ बाराको ५१ सदस्यीय कार्यसमिति गठन भएको छ। कलैया उपमहानगरपालिका अध्यक्ष सौरभ पाण्डेयको अध्यक्षता र राज कुमार गुप्ता, सुमन जयसवाल तथा बिक्की गुप्ताको उपस्थितिमा सम्पन्न भेलाले राकेश प्रसाद यादवलाई समितिको संयोजकमा सर्वसम्मत रूपमा निर्विरोध चयन गरेको हो।
शनिबार वार्ड नम्बर २६ को सभा हलमा आयोजित भेला तथा अन्तरक्रिया कार्यक्रममा युवाको नेतृत्व विकास, सामाजिक दायित्व, शिक्षा–स्वास्थ्य प्रवर्द्धन, स्थानीय समस्या समाधान तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै जेनजी एण्ड युथ बारा गठन गरिएको आयोजकहरूले बताए।
नवगठित कार्यसमिति
५१ सदस्यीय समितिमा सह–संयोजक पप्पु प्रसाद यादव, कोषाध्यक्ष अरुण यादव, सचिव क्रान्ति यादव तथा सह–सचिव विराज गिरि चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा श्याम यादव, गालु यादव, रामबाबू पण्डित, ओमप्रकाश, हरियोम कहर, जितेन्द्र यादव, आतुतोष यादव, मुकेश साह, मग्नी यादव, मन्केश्वर साह, अर्जुन गुप्ता, आनन्द कुमार गुप्ता, राजेश कुमार साह, राकेश यादव, निरज यादव, दिपेन्द्र यादव, भोला यादव, राम पुकारलगायतका युवा चयन भएका छन्।
युवाको सक्रियतासँगै दीर्घकालीन योजना
संयोजक राकेश प्रसाद यादवका अनुसार समिति “युवा–पहिलो, विकास–मुख्य” भनाइलाई मार्गदर्शन मान्दै समग्र कलैया उपमहानगरपालिकामा युवाको सीप, क्षमता र ऊर्जा परिचालन गर्दै दीर्घकालीन योजना अघि बढाउनेछ।
कार्यसमितिले विशेषगरी शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, स्थानीय पूर्वाधार (विशेषगरी सडक निर्माण), खेलकुद तथा कला–संस्कृतिको प्रवर्द्धन, युवालाई सीप, रोजगारी र नेतृत्वतर्फ अभिमुख गराउने कार्यक्रमलाई प्राथमिकता दिएको छ।
जेनजी आगुवा राज कुमार गुप्ताले समिति राजनीतिक विभाजनभन्दा माथि उठेर स्थानीय विकासमा युवाको एकजुट भूमिकालाई अघि बढाउने बताए।






