३ फागुन, काठमाडौं । ले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव विशेष समारोहका साथ मनाएको छ। महाशिवरात्रिको अवसर पारेर मनाइने सेना दिवसका कार्यक्रम राजधानीको स्थित सैनिक मञ्चमा आयोजना गरिएको थियो।
समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिले शिवरात्रि बढाइँ ग्रहण गर्दै सैनिक परेडको निरीक्षण गरेका थिए।
कार्यक्रममा तोप बढाइँ, कवाज, सैनिक कला प्रदर्शन तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। विभिन्न पृतना, बाहिनी, गण र गुल्मका दस्ताले अनुशासन र कौशल प्रदर्शन गर्दै दिवसको महत्व झल्काएका थिए।
सेनाले देशभरका सैनिक एकाइ, कूटनीतिक नियोग तथा शान्ति मिसन क्षेत्रमा पनि समानान्तर रूपमा विविध कार्यक्रम गरी सेना दिवस मनाएको जनाएको छ। नेपालमा महाशिवरात्रिको दिनलाई परम्परागत रूपमा सेना दिवसका रूपमा मनाइँदै आएको छ।






