आहा रारा पोखरा गोल्डकपको उपाधि भिडन्त आज

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सहारा क्लब र जावलाखेल युथ पोखरा रंगशालामा आमनेसामने

पोखरा, फागुन ९ — २५औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजे हुने फाइनल खेलमा आयोजक र बीच प्रतिस्पर्धा हुनेछ।

जावलाखेल युथ पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ। यसअघि २०६८ सालमा फाइनल पुगे पनि उपाधि जित्न सकेको थिएन। यस संस्करणमा जावलाखेलले , र उज्बेकिस्तानको आभा एफसीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

घरेलु टोली सहारा क्लब १२ वर्षपछि उपाधि पोखरामै राख्ने लक्ष्यसहित मैदान उत्रँदैछ। सहाराले गोरखा इन्टरनेसनल फुटबल क्लब (हङकङ), र लाई हराउँदै फाइनल पुगेको हो।

प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर तथा अन्य पाँच विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

Leave a Comment