एसीसी यू–१९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएई आमनेसामना

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ मंसिर ,काठमाडौं :
एसीसी यू–१९ पुरुष प्रिमियर कपको उपाधिका लागि आज नेपाल र घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) एक–अर्कासँग भिड्दैछन्। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित यूएई पुगेको नेपाली टोली यस पटक पनि उत्कृष्ट प्रदर्शनसहित फाइनलमा पुगेको छ।

यूएईको अमजान मैदानमा हुने फाइनल खेल विहान पौने ११ बजेबाट सुरु हुनेछ।

नेपाल समूह ‘सी’ बाट अपराजित हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। समूह चरणमा उसले साउदी अरेबिया र हङकङलाई ठूलो अन्तरले पराजित गरेको थियो। सेमिफाइनलमा नेपालले मलेसियालाई ५१ रनमै समेटेर सहज जित हासिल गर्दै फाइनलमा स्थान बनाएको हो।

अर्कोतर्फ, फाइनलमा भिड्ने यूएईले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

लगातार दोस्रो उपाधिको लक्ष्यमा रहेको नेपाल र घरेलु फाइदामा खेल्ने यूएईबीचको आजको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Leave a comment