१६ फागुन २०८२,काठमाडौं-मध्यपूर्वमा चर्किएको सैन्य तनावका कारण त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षा जोखिम बढेको भन्दै नेपालका प्रमुख तीन राजनीतिक दलले सरकारलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
, र का शीर्ष नेताहरूले पछिल्लो क्षेत्रीय द्वन्द्वले नेपाली नागरिक प्रभावित हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
कांग्रेस सभापति ले सामाजिक सञ्जालमार्फत मध्यपूर्वको अवस्थाले गम्भीर चिन्ता बढाएको बताएका छन्। उनले त्यहाँ रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन र अनावश्यक आवतजावत नगर्न अनुरोध गर्दै सरकार र कूटनीतिक नियोगलाई नेपालीको अवस्था निरन्तर अनुगमन गरी आवश्यक सहयोग व्यवस्था गर्न आग्रह गरेका छन्।
त्यस्तै, एमाले अध्यक्ष ले पनि यूएई, इजरायल र इरानलगायत देशहरूमा रहेका नेपालीलाई सचेत रहन अपिल गरेका छन्। उनले सम्बन्धित दूतावास र नेपाल सरकारलाई नागरिक सुरक्षामा तत्काल सक्रिय हुनुपर्ने बताएका छन्।
नेकपा संयोजक ले इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण र त्यसपछिको घटनाक्रमले क्षेत्रीय तनाव गम्भीर बनेको उल्लेख गरेका छन्। उनले मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा नेपालका लागि प्राथमिक विषय भएको भन्दै कूटनीतिक पहलसहित प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन्।
अमेरिका–इजरायल आक्रमण र त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डालाई लक्षित गरेको घटनापछि मध्यपूर्वमा अस्थिरता बढेको छ। सो क्षेत्र नेपाली श्रमिकको प्रमुख गन्तव्य भएकाले नेपालमा समेत चिन्ता बढेको देखिएको छ।






