राष्ट्रिय उधम विकास सहजकर्ता महासंघ बाराको अध्यक्षमा राय

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 155
पढ्न लाग्ने समय : 2 मिनेट

१७ चैत्र, बारा : राष्ट्रिय उधम विकास सहजकर्ता महासंघ नेपाल बाराको पहिलो वार्षिक साधारण सभाले अध्यक्षमा दिप नारायण रायलाई अध्यक्षमा चयन गरेको छ । शनिबार कलैया उपमहानगरपालिकाको सभाहलमा भएको पहिलो वार्षिक साधारण सभाले अध्यक्षमा रायलाई चयन गरेको हो ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि नाथु साहले उधम विकास सहजकर्ताको अहम भुमिका रहेको बताए । गरिवी निवारण गर्नको लागि त्यस किसिमको आवश्यकता पहिचान गरि कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

युवा जनशक्तिलाई सिपमुलक तालिम प्रदान गरि रोजगारको लागि खाडी मुलुक गए मात्र जिवनयापन गर्न सक्ने उनले बताए ।

राष्ट्रिय उधम विकास सहजकर्ता महासंघ नेपाल बाराको अध्यक्ष रायले संघ स्थानीय तहले बजेट निर्धारणमा कमि गरेकोले सोचे अनुरूप कार्यक्रम ल्याउन नसकेको उनले भने । प्रत्येक वर्ष उधोग वाणिज्य मन्त्रालयबाट अनुदानमा आउने बजेट घट्दो क्रममा रहेको रायले बताए ।

ईच्छा जनशक्ति हुदा हुदै राज्य संयन्त्रबाट प्रयाप्त
सहयोग नपाउदा उधम सम्बन्धि कार्यक्रम गर्न नसकेको उनले बताए । १६ पालिका मध्य प्रत्येक पालिकामा २ जनाको हिसाबले सहजकर्ता कार्यरत रहेको रायले बताए ।

राष्ट्रिय उधम विकास सहजकर्ता महासंघ बाराको
उपाध्यमा संजय कुमार सिह, सचिवमा आशिष चौधरी, कोषाध्यक्षमा सुमन महतो, सदस्यहरुमा दिपक जैरी, मुकेश मुखिया, सुदिप चौधरी, उषा बुढाथोकी, जितेन्द्र साह तेली रहेका छन् ।

मुकेश मुखियाले स्वागत मन्तव्य गरेको कार्यक्रमको सन्चालन उषा बुढाथोकीले गरेकी थिइन ।

  • An error has occurred, which probably means the feed is down. Try again later.