क्रिएटिभको अन्तीम किस्ता सकियो , ग्राहकले सोचेको भन्दा ठूलो मात्रको उपहार

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 58
पढ्न लाग्ने समय : 8 मिनेट

४ फागुन,बारा : बजारमा आएका अत्याधुनिक विद्युतिय सामानदेखि आफुँले रोजे अनि खोजे झै सुन्दर घरायसी सामानहरू घरमा राख्ने सबैलाई इच्छा हुन्छ । हरेक मानिसको चाहाना हुन्छ , आफ्नो घर आधुनिक सरसामानले सजाउन पाइयोस् भन्ने । तर अहिले आकासिदै गरेको बजार अनि सामानको मुल्यले आफुँले खोजेको जस्तो सबै सामानहरु एकै चोटी ल्याउन धेरै गाह्रो छ । अझै एउटै सामान किन्न पनि मुस्किल जस्तै हुने गर्दछ । तर पढ्दा सबैलाई अचम्म लाग्न सक्छ, बारामा यस्तो एउटा कम्पनी छ, जहाँ महिनावारी रुपमा केहि रकम तिरेर किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरु सजिलै किन्न पाइन्छ ।

जहाँ आफुँले चाहेको इलेक्ट्रिकका सामानहरु किनेपछि हरेक महिना सामान किनेको रकमको केहि प्रतिशत रकम किस्ताबन्दीमा तिरेर सामान घरमा लैजान सकिन्छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर – १ मा रहेको क्रिएटिभ वल्ड डिजिटल प्रालिले इलेक्ट्रिकका सामानहरू आफैंले गुणस्तरीय उत्पादित विभिन्न सामानहरुको खरिदमा किस्ताबन्दीको व्यवस्था गरेको छ ।

क्रिएटिभ वल्ड डिजिटल प्राइभेट लिमिटेडमा पाइने सामान खरिद गर्न जाने ग्राहकहरुले कुनैपनि इलेक्ट्रिक सामान खरिद गरेपछि सामानको कुल रकमको ३५ देखि ४० प्रतिशतसम्म मुल्य डाउन पेमेन्ट गर्नुपर्दछ भने बाँकी रहेको ६० देखि ६५ प्रतिशतसम्म रकम किस्ताबन्दीको रुपमा महिनावारी तिर्न सक्नेछन् । महिनावारी रुपमा तिर्ने शुल्क भने सामानहरुको कुल मुल्यको ३५ देखि ४० प्रतिशतसम्म डाउन पेमन्टपछि कति रकम आउँछ, त्यसको आधारमा निर्धारण हुने क्रिएटिभ वल्ड डिजिटल प्रा. लि. ले जनाएको छ ।

हरेक मानिसहरुलाई आफ्नो घरमा राम्रो अनि गुणस्तरीय इक्लेट्रिकका सामानहरु होस् भन्ने चाहाना हुन्छ । तर सबै सामानहरु एकैपटक किन्न आफुँसँग भएको रकमले नभ्याउने हुदाँ किस्ताबन्दीमा सामानहरु उपलब्ध गराई ग्राहकलाई सुविधा दिनको लागि यो अफर ल्याइएको क्रिएटिभ वल्ड डिजिटल प्रालिका प्रोपाइटर कमल बाबू चौधरीले बताउनुभयो । ‘आज सामान लिनुस्, भोलि पैसा तिर्नस् ’ भन्ने मुलमन्त्रका साथ सचांलित क्रिएटिभ वल्ड डिजिटल प्रालिमा इलेक्ट्रिक सामानहरुमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर, ओभन, मिक्सर, ग्राइन्डर, फ्यान र सिसिटिभी लगायतका विभिन्न आफैंले उत्पादन गरेको सामानहरु पाइन्छन् ।

गुणस्तरीय अनि भरपर्दो सामानहरु सुलभ मुल्यमा पाइने क्रिएटिभ वल्ड डिजिटल प्रा. लि. का सामान देशका विभिन्न शहरहरुमा पनि शाखा विस्तारको योजना बनाएको छ । सामान्यदेखि उच्च स्तरका सबै इलेक्ट्रिक तथा फर्निचरका सामानहरु पाइने क्रिएटिभ वल्ड डिजिटल प्रा. लि.बाट बिना झन्झट किस्ताबन्दीमा सामान किनेर घरलाई गुणस्तरीय सामानहरुले सजाउन चाहाने ग्राहकहरुलाई सहज हुने प्रोपाइटर चौधरीको विश्वास रहेको छ । दिनमा एउटा ग्राहकले एक सय रुपैयाँ जोगाएर राख्न सके आनन्दले सामान खरिद गर्न सक्छन् भन्ने सोचले क्रिएटिभ वल्ड डिजिटल प्रालिकाको परिकल्पना भएको प्रोपाइटर चौधरी बताउनुहुन्छ । सामान्य र मध्यम आय भएका ग्राहकहरुदेखि उच्च स्तरको आय भएका ग्राहकहरुले पनि सहज रुपमा सामान किन्न सहज बनाउनको लागि किस्ताबन्दीको धारणा ल्याएको क्रिएटिभ वल्ड डिजिटल प्रालिकाको भनाई रहेको छ ।

त्यसै अन्तरर्गत क्रिएटिभ वल्ड डिजिटल प्रा.लि. कलैयाले आफ्नो ग्राहकलाई वितरण गरेको एलइडीको अन्तमी किस्ता मंगलबार सम्पन्न गरेको छ । ६ हजार नौ सय ९९ जना ग्राहकलाई समावेश गरी चलाएको २५ औं किस्ता सम्पन्न भएको हो । एक जनालाई कार उपहार परेको हो ।

कस्तो कम्पनी हो , क्रिएटिभ ?
क्रिएटिभ एक बहुप्रतिष्ठीट कम्पनी हो , जो ईलेक्ट्रोनिक सामानलाई एसेम्बल गरी आफै नाम दिएर सामान वितरण गर्ने गरीन्छ । क्रिएटिभले एलईडी , फ्रिज लगाएतको ईलेक्ट्रोनिक्स सामानहरु विक्रेतालाई विक्रि नगरी डाईरेक्ट ग्राहकलाई वितरण गर्ने गरेको छ । सिधै ग्राहकलाई बिक्री गर्दा अन्य कम्पनी भन्दा कम मूल्य पर्ने क्रिएटिभ वल्ड डिजिलट प्रा.ली. का संचालक कमल बाबु चौधरीले दावी गर्नुहुन्छ । क्रिएटिभले संचालनमा ल्याएका आफ्ना उत्पादित सामानहरु किस्ताबन्दीमा सिधै ग्राहकलाई वितरण गर्ने गरीन्छ । क्रिएटिभले २७ हजार पाँच सयमा ४२ ईन्चको एलइडी टिभी बिक्री गरीन्छ । तर ग्राहकलाई किस्ताबन्दीमा दिदाँ प्रत्येक महिना एक हजार सात सय ५० रुपैया मात्र लिने गरेको सुनाउनु हुन्छ ।

क्रिएटिभले कसरी दिईन्छ पुरस्कार ?
क्रिएटिभले छ हजार नौ सय ९९ जना ग्राहक बनाइन्छ । ग्राहकको मन जित्नका लागि ग्राहकलाई २५ औं किस्ता सम्म बम्पर उपहार दिने गरेको हो । प्रत्येक महिनामा गोलाप्रथाबाट उपहार दिने गरेको क्रिएटिभका संचालक चौधरी सुनाउनु् हुन्छ । उपहारलाई पहिलो , दोस्रो र तिन चरण गरी तिन चरणमा विभाजन गरीएको छ । पहिलो चरमा ६ हराज नौ सय ९९ जना ग्राहकलाई समावेश गरी गोलाप्रथाबाट चयन गरीन्छ । जसमध्ये ५० जनालाई मोटरसाईक , स्कुटर तथा सुन पर्ने गरीन्छ । ति ग्राहकलाई अर्को किस्तामा समावेश नगर्ने कम्पनीको नियम रहेको छ । २४ औं किस्ता सम्म पाँच सय ७५ जना पर्ने गरेको हो । जो डब्ब पुरस्कार लिनेमा पर्नुहुन्छ । त्यसैगरी ६० जना ग्राहक तिन लाख मूल्य बराबरको सामानबाट पुरस्कृत हुने रहेको छ । त्यसैगरी ७७ जना ५५ हरा देखि १ लाख पचाँस हजार मूल्य बराबरको सामानबाट पुरस्कृत गरीने गरेको कम्पनीले जनाएको छ । दोस्रो चरणमा छ हजार नौ सय ३८ जनालाई पुरस्कृत गरी बाहिरीने व्यवस्था रहेको छ । र तेस्रो किस्तामा १० जना मात्र बाहिरीने छ । र अन्तमीमा केही नपर्ने व्यक्ति नै लाई नै कार पर्ने गरेको हो ।

के हो वास्तवीकता ? पुरस्कृत ग्राहक के भन्छ ?
क्रिएटिभ वल्ड डिजिलट प्रा.लि. पुरस्कृत भएका केहि हाग्रकहरुसँग हामीले प्रतिक्रिया लियौ । ग्राहकको प्रतिकृया जस्ताको त्यस्तै , रामदुलारी चौधरीलाई यामाहा कम्पनीको मोटरसाईकल परेको कम्पनीले जानकारी दिए । कम्पनीले पुरस्कृत गरेको सामान हामीले बुझिसकेको चौधरीले सुनाईन ् । कम्पनीले ग्राहकलाई भनेको अनुसार गर्दै आएको सुनाईन् ।

त्यसैगरी अर्का बिजेता हुनुहुन्छ , नवल कुशवाहा । कुशवाहालाई २ तोला सुनको हार परेको बारे कम्पनीले जानकारी दिए । कुशवाहाले अन्य व्यक्तिालाई पनि यस कम्पनीसँग जोडिनुपर्ने अपिल गर्नुभयो । त्यस्तै अर्को ग्राहक हुनुहुन्छ , श्रेया गुप्ता । गुप्तालाई पनि २ तोला सुन परेपछि उनि दंग परिन् । उनले भनीन आफूले सामान मात्र किनेको अपेक्षा गरेको थिए । तर कम्पनीले आफूलाई सुन परेको जानकारी दिदाँ अचम्म नै परे । सामान बुझि लगाईरहेको छौ । आफू क्रिएटिभसँग जोडिएकामा भाग्यमानी नै ठान्दछु ।

को हो क्रिएटिभका संचालक चौधरी ?
क्रिएटिभ वल्ड डिजिलट प्रा.ली.का संचालक कमल बाबु चौधरी हो । उनको जन्म बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० बेलवामा भएको हो । सानै उमेर देखि सामाजका लागि , गरिब , असहाय , निमुखाका पक्षमा सधै वकालत गर्ने व्यक्ति हो कमल बाबु चौधरी ।

क्रिएटिभ वल्ड डिजिलट प्रा.ली. दर्ता गराउनु भन्दा पहिला चौधरी सामाजिक क्षेत्रमा निकै सराहनीय कार्य गर्नुभएको सुनाउनुहुन्छ । बाराको फेटामा आएको ट्रोनाडोमा निकै क्षती भयो । त्यस बेला चौधरीले करिब एक महिना प्रत्येक दिन ५०० जनालाई निशुल्क खाना खुवाएको अनुभव सुनाउनु हुन्छ । साथै बीरगंज स्थित रहेको मानव सेवा आश्रममा पटक पटक खाद्यान्न वितरण गर्ने गरेको बताउनु हुन्छ ।

त्यसैगरी कोरोना भाईरसको ताका आफ्नो ज्यानको प्रवाह नगरी विभिन्न क्वारेनटाईनमा खाना खुवाउने देखि लिएर माक्स , सेनिटाईजर लगाएका सामाग्रीहरु वितरण गरेको थियो । चौधरीले निकै प्रश्सनीय कार्य गरेको छ , जसमध्येको एक हो उनकै गाउँका दलित बस्तीमा करिब एक सय घरपरिवार विधुतबाट बञ्चीत थियो । त्यो बेला चौधरीले आफ्नै लगानीमा प्रत्येक घर– घरमा विधुत मिटर जडान गराएको हो । हिन्दुहरुको महान पर्व मध्येको एक पर्व हो , होली । होलीलाई तराईमा निकै धुमधामका साथ मनाईन्छ । असत्यमाथी सत्यको जितको रुपमा मनाईने पर्व होलीमा चौधरीले प्रत्येक पर्व आफ्ना गाउँका गरीब , दुखीलाई खाद्यान्नहरु वितरण गर्ने गरेको हो । हालै मात्र क्रिएटिभ वल्ड डिजिलट प्रा.ली. कै नाममा जितपुरसिमरामा तथा विरगंजमा भेट्रान गोल्डकप संचालन गरेको थियो ।

Leave a comment