गृह मन्त्रालयले पुष्टि गर्यो: ७७ जिल्लामा निर्वाचन तयारी पूर्ण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २० फागुन २०८२ – गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गते बिहान सुरु हुने भएकोले सबै ७७ जिल्लामा निर्वाचन तयारी पूरा भएको जनाएको छ।

मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा बुधबार बिहान उच्च अधिकारी र प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठक सम्पन्न भएको थियो। बैठकमा प्रत्येक जिल्लामा मतदानका लागि आवश्यक कर्मचारी, सुरक्षा र सामग्री व्यवस्थापनको अवस्था समीक्षा गरिएको छ।

गृह मन्त्रालयकी सह-प्रवक्ता रमा आचार्यका अनुसार, छलफलमा सबै जिल्ला अधिकारीले तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिएका छन्। साथै, निर्वाचन सुरक्षालाई अझ मजबुत र प्रभावकारी बनाउन रणनीति र निर्देशनहरु तय गरिएको छ।

बैठकमा मुख्यत: जिल्लाको वर्तमान अवस्था, निर्वाचन दिन अपनाउनुपर्ने सुरक्षा सतर्कता, र केन्द्रले गर्नुपर्ने समन्वयका विषयमा छलफल भएको थियो। गृहसचिव श्रेष्ठले प्रमुख जिल्ला अधिकारीहरुलाई मतदान स्थलमा सुरक्षा संयन्त्र र सामग्री समयमै पुरयाउन विशेष निर्देशन दिएका छन्।

Leave a Comment