२३ फागुन,बारा–३ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द साह विजयी भएका छन्। उनले कुल ४०,६७७ मत पाएर पहिलो स्थान हासिल गरे।
उनीका निकटतम प्रतिद्वन्दी फर्सुल्लाह मन्सुर (नेपाली कांग्रेस) १०,०५२ मत,रामबाबु कुमार यादव (जनता समाजबादी पार्टी नेपाल )६८८४,ज्वालाकुमारी साह (नेकपा एकीकृत मार्क्सवादी) ५,२७१ मतसहित रहेका छन् र प्रमोद प्रसाद गुप्ता (जनमत पार्टी)३८१९ मत प्राप्त गरेका छन।
निर्वाचन क्षेत्रका मतदाताले आफ्नो प्रतिनिधि चयन गर्दै लोकतान्त्रिक प्रक्रिया पूरा गरेका छन्।

