बारा जिल्ला अदालतद्वारा पत्रकार दुबे सहित दुईजनासंग २० हजार धरौटी माग

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 167
पढ्न लाग्ने समय : 1 मिनेट

२१ चैत्र, बारा : सामाजिक संजाल मार्फत पत्रकारको चरित्र हत्या गर्ने दुईजनालाई बारा जिल्ला अदालतले आज धरौटीमा रिहा गरेको छ ।
जिल्ला अदालतले पत्रकार उमेश दुबे र प्रसौनी गाउँपालिका-४ का ज्ञानेन्द्र दुबेलाई जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गरेको हो । ईजलाश नम्बर-५ न्यायाधीश तारा देवी महर्जनको ईजलाशले पत्रकार दुबे सहित दुबैजनालाई धरौटीमा छोडने आदेश दिएको जिल्ला अदालतले जनाएको छ । पत्रकार दुबे सहित पाँच जनाले नेपाल पत्रकार महासंघ बाराका पुर्व सचिव जयनारायण यादवको चरित्र हत्या गर्ने सामग्री सामाजिक संजाल फेसबुकमा प्रकाशन गरेका थिए । पत्रकार यादवले फागुन २३ गते पाँच जनामाथी मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएपछि फरार रहेका पत्रकार दुबे आज जिल्ला अदालतमा हाजिर भएका थिए। जिल्ला अदालतले अब धरौटी लिएर मुद्दाको अनुसन्धान अगाडि बढाउने छ ।