सर्लाही–३ मा रास्वपाका नरेन्द्र साह निर्वाचित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२४ फागुन,सर्लाही-सर्लाही-३ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र साह कलवार प्रतिनिधि सभामा विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार, नरेन्द्र साहले कुल ४६,८९० मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिद्वन्द्वी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नारायण काजी श्रेष्ठले १३,३३८ मत पाएका छन्।

अन्य उम्मेदवारहरूको मत यस प्रकार छ:

नेपाली कांग्रेस – विनोदकुमार खनाल: ६,६२४ मत

नेकपा (एमाले) – हरिप्रसाद उप्रेती: ५,७७६ मत

उज्यालो नेपाल पार्टी – त्रिभुवनकुमार सिंह: २,६२२ मत

नरेन्द्र साहको विजयीले सर्लाही–३ क्षेत्रमा रास्वपाको प्रभाव थप सुदृढ भएको देखिन्छ।

Leave a Comment