समानुपातिकतर्फ सांसद संख्या तय, रास्वपाले पायो सबैभन्दा बढी ५७ सिट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन २८ —निर्वाचन आयोगलेले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सांसद संख्याको आधिकारिक टुंगो लगाएको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दलको हैसियत प्राप्त गरेका ६ दलबीच सिट बाँडफाँटको विवरण सार्वजनिक गरेको हो।

आयोगका अनुसार ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ। त्यस्तै ले २० सिट पाएको छ भने ले १६ सिट प्राप्त गरेको छ।

यसैगरी ले ९ सिट पाएको छ। र ले समान रूपमा ४/४ सिट प्राप्त गरेका छन्।

आयोगले समानुपातिक प्रणालीअन्तर्गत सांसद बन्ने उम्मेदवारहरूको नाम तीन दिनभित्र छनोट गरेर पठाउन सम्बन्धित राजनीतिक दलहरूलाई निर्देशन दिएको जनाएको छ।

दलहरूले पठाएका नामहरू प्राप्त भएपछि आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको छ।

Leave a Comment