काठमाडौं, ५ चैत २०८२ (बिहीबार)-मध्यपूर्वमा बढ्दो तनावबीच र बीचको द्वन्द्वले नयाँ मोड लिएको छ। इजरायल र ले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि इरानले प्रतिकारस्वरूप को रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गरेको छ।
कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार बुधबार भएको मिसाइल आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो। आपतकालीन टोलीले आगो नियन्त्रणमा लिए पनि पूर्वाधारमा उल्लेख्य क्षति पुगेको जनाइएको छ।
घटनापछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कतारको गृह मन्त्रालयका अनुसार केही घण्टामै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ र यस घटनामा मानवीय क्षति भने भएको छैन। कतार सरकारले उक्त आक्रमणलाई आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरतामाथिको सीधा खतरा भन्दै कडा प्रतिक्रिया दिएको छ।
कतारको विदेश मन्त्रालयले इरानले ‘तनाव बढाउने नीति’ अपनाएको आरोप लगाउँदै आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ।
यसअघि इरानसँग सम्बन्धित समाचार स्रोतहरूले दक्षिण फार्स क्षेत्रमा रहेका पेट्रोकेमिकल संरचनामाथि हवाई आक्रमण भएको जनाएका थिए। उक्त क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ, जसलाई इरान र कतार दुवैले उपयोग गर्दै आएका छन्।
इरानका राष्ट्रपति ले ऊर्जा पूर्वाधारमाथि भएको आक्रमणको निन्दा गर्दै यस्तो गतिविधिले “नियन्त्रण बाहिर जाने परिणाम” निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनले यो द्वन्द्वले विश्वव्यापी असर पार्न सक्ने बताएका छन्।
यता, फ्रान्सका राष्ट्रपति ले ऊर्जा तथा नागरिक पूर्वाधारमा आक्रमण नगर्न सबै पक्षलाई आग्रह गरेका छन्। उनले ऊर्जा आपूर्ति र सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
क्षेत्रीय तनावका कारण तेल बजारमा समेत असर परेको छ। हुँदै हुने जहाज आवागमन प्रभावित भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।
यसैबीच, ले आफ्नो पूर्वी क्षेत्रमा ऊर्जा संरचनालाई लक्षित गरी पठाइएका ड्रोनहरू खसालिएको दाबी गरेको छ। साथै राजधानी रियाद नजिकै एक रिफाइनरी आसपास ब्यालिस्टिक मिसाइलका अवशेष फेला परेको जनाएको छ।
तीन सातादेखि जारी इरान–इजरायल द्वन्द्वमा दुवै पक्षका उच्च तहका अधिकारीहरू मारिएको दाबी भइरहेका छन्। इजरायलले इरानका उच्च अधिकारीलाई लक्षित आक्रमण जारी राख्ने संकेत दिएको छ भने इरानले बदला लिने चेतावनी दिएको छ।

