बारा,कलैया चैत्र १२ । नेपाल पत्रकार महासंघ, बारा शाखाको कार्यसमिति सद्स्य समेत रहेका पत्रकार नरेश गुप्तामाथि भएको दुर्व्यवहारप्रति महासंघ बाराले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल पत्रकार महासंघ बारा द्वारा जारी प्रेस विज्ञप्तिमा फेंटा गाउँपालिकाको विषयमा समाचार संकलनका क्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझासँग फोन संवाद गर्दा अमर्यादित तथा दुर्व्यवहारजन्य शब्द प्रयोग गरिएको उल्लेख गरिएको छ।
सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो व्यवहार हुनु अत्यन्त निन्दनीय भएको र यसले सञ्चारमाध्यमको स्वतन्त्रता तथा पत्रकारको पेशागत मर्यादामा आघात पुर्याएको छ। महासंघले उक्त घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
सत्य तथ्य सूचना संकलन तथा प्रसारण गर्ने क्रममा पत्रकारमाथि हुने यस्ता दुर्व्यवहारले स्वतन्त्र र निष्पक्ष पत्रकारितालाई कमजोर बनाउने चेतावनी दिएको छ। साथै, पत्रकारको सम्मान र सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित पक्षलाई जिम्मेवार बन्न पनि आग्रह गरेको छ।
प्रेस विज्ञप्ति नेपाल पत्रकार महासंघका बाराको सचिव पुष्पराज खतिवडाद्वारा जारी गरिएको हो।
फेंटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा द्वारा समाचार कै बिषयमा पत्रकार नरेश गुप्तालाई गरिएको दुव्र्यवहार प्रती महासंघको घोर भर्त्सना
Leave a Comment
Leave a Comment

