ओली पक्राउपछि एमाले आकस्मिक बैठकमा, आन्दोलनका कार्यक्रम घोषणा गर्ने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१४ चैत, काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाएको छ। पार्टी सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको जानकारी दिएका छन्।

उनका अनुसार बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ। “राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्त्वपूर्ण सूचक हो। नेपाल विगतमा यस्तो उदाहरणका रूपमा चिनिन्थ्यो, तर पछिल्ला घटनाक्रमले चिन्ता बढाएको छ,” बस्नेतले बताएका छन्।

बस्नेतले वर्तमान सरकारले अनुभवहीन र विवादित व्यक्तिलाई गृहमन्त्री बनाएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको आरोप पनि लगाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रह झल्काउने बताएका छन्। साथै, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न प्रदर्शनमा सहभागी हुन उनले आह्वान गरेका छन्।

आज बिहान बस्ने सचिवालय बैठकपछि आन्दोलनका कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरिने जनाइएको छ।

Leave a Comment