आईपीएलमा पञ्जाबको रोमाञ्चक जित, गुजरात ३ विकेटले पराजित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत १८ — इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमै पञ्जाब किंग्सले उत्कृष्ट प्रदर्शन गर्दै गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको छ। मंगलबार सम्पन्न खेलमा १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ५ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको हो।

पञ्जाबको जितमा कुपर कोनोली नायक बने। उनले ४४ बलमा अविजित ७२ रनको सानदार इनिङ्स खेले। सुरुआतमै प्रियांश आर्य आउट भए पनि अर्का ओपनर प्रभसिमरन सिंहले ३७ रन जोड्दै टोलीलाई राम्रो सुरुआत दिलाए। कप्तान श्रेयस अय्यरले १८ रन बनाए। मध्यक्रममा नेहाल बाधेरा, शशांक सिंह र मार्कस स्टोइनिस छिट्टै आउट हुँदा टोली दबाबमा परेको थियो। तर कोनोलीले संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाए।

गुजरातका लागि प्रसिद्ध कृष्णले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। कप्तान शुभमन गिलले सर्वाधिक ३९ रन बनाए भने जोस बटलरले ३८ रन जोडे। ग्लेन फिलिप्सले २५ रन बनाए। अन्य खेलाडीले उल्लेखनीय योगदान दिन नसक्दा टोली मध्यम स्कोरमा सीमित भयो।

पञ्जाबका बलर युजभेन्द्र चहल र विजयकुमार वैशकले किफायती बलिङ गर्दै गुजरातलाई ठूलो स्कोर बनाउन दिएनन्।

 

Leave a Comment