काठमाडौं, २१ चैत — आज देशका धेरै क्षेत्रमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावाहुरी, वर्षा र हिमपात हुने सम्भावना देखिएको हो।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
त्यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू-भागमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ भने अन्य स्थानमा हल्का वर्षा हुन सक्छ।
रातिको समयमा पनि मौसम यस्तै रहने अनुमान गरिएको छ।

