काठमाडौं, चैत २२ – सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र यही मितिबाट सुरु गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ बाट सुरु हुने जानकारी गराएका छन्।

