६६ लाखको लागतमा स्वास्थ्य प्रयोगशाला निर्माण हुँदै

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 212
पढ्न लाग्ने समय : 1 मिनेट

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले वडा नम्बर २३ सबैठवामा स्वास्थ्य प्रयोगशाला निर्माण सुरु गरेको छ।

सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाउनुपर्ने बाध्यता हटाउन र नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले सबैठवामा साढे ६६ लाख रुपैयाँको लागतमा स्वास्थ्य प्रयोगशाला निर्माण सुरु गरेको हो।

सोमबार शिलान्यास भएको प्रयोगशालाको निर्माण कार्य आगामी असारमा सकिने छ। भवनको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।