पत्रकारलाई अभिमुखिकरण तालिम

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 85
पढ्न लाग्ने समय : 1 मिनेट

१३ बैशाख,बारा: बाराको कलैयामा स्थानीय पत्रकारहरुलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुभारम्भ सहयोगी संस्थाले तालिमको आयोजना गरेको हो ।

तालिममा कलैया र आसपासका २६ जना पत्रकारहरुको सहभागीता रहेकोे थियो । तालिममा सहभागीहरुलाई पत्रकार गोकुल घोरासाईनेले प्रशिक्षण दिएका थिए ।

तालिमको उदघाटन गर्दै कलैया उपमहानगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष मोहन बहादुर क्षेत्रीले पत्रकारहरुलाई सकारात्मक रुपले पनि समाचार लेख्न आग्रह गरे । उनले नकारात्मक रूपमा मात्रै नभई सकारात्मक रुपले पनि कलम चलाउन आग्रह गरे ।