२६ भदौ, बारा। जिल्लाभरि जारी गरिएको निषेधाज्ञा र कर्फ्यू हटाइएपनि जिल्ला प्रशासन कार्यालय, बाराका नियमित सेवाहरू अझै बन्द रहने भएका छन्।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले एक विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका सबै सेवा भदौ २७ गतेसम्म स्थगित गरिएको जानकारी दिनुभयो।
कार्यालयका अनुसार सेवाग्राहीमा यस कारण असुविधा पर्न गएकोमा क्षमा मागिएको छ। प्रजिअ पौडेलले हाल जिल्लाभर निषेधित क्षेत्र वा कर्फ्यू लागू नभएको स्पष्ट पार्दै परिस्थिति सामान्यीकरण हुँदै गएको जनाउनुभएको छ।



