१९ फागुन २०८२, मंगलबार | रौतहट
रौतहटको चन्द्रपुर नगरपालिका–५ राजपेडा क्षेत्रमा शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा केहीबेर त्रासको वातावरण सिर्जना भएको छ।
मंगलबार बिहान सडक छेउमा अपरिचित वस्तु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै बाट खटिएको टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई नियन्त्रणमा लिँदै सुरक्षा घेरा बनाएको छ।
स्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै को बम डिस्पोजल टोली परिचालन गरिएको छ। बाट खटिएको सेनाको टोलीले शंकास्पद वस्तुको परीक्षण तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
यसअघि सोमबार पनि रौतहटको राजपुर नगरपालिका–६ क्षेत्रमा यस्तै शंकास्पद वस्तु फेला परेको थियो, जसलाई सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको थियो। निर्वाचनको सन्दर्भमा जिल्लाका विभिन्न स्थानमा सुरक्षा सतर्कता बढाइएको छ।
नारायण दलअन्तर्गत जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा एक–एक बम डिस्पोजल टोली तथा गौर–चन्द्रपुर सडक खण्डका लागि छुट्टै टोली परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।

