जनकपुरधाम-११ असोज ।
मधेस प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादव बन्ने पक्का भएका छन्। मधेस प्रदेशका कांग्रेसका सभापति समेत रहेका यादव मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
यादवको नेतृत्वमा सरकार गठन गर्न नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा सहित चार दलबिच सहमति भएको छ ।
चारै दलका बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार निर्माणको लागि आईतवार प्रदेश प्रमुख समक्ष पेस गर्ने तयारी समेत गरेका छन ।
मुख्यमन्त्री कांग्रेसलाई दिने सम्झदारी भए पनि कुन पार्टीलाई कति वटा मन्त्रालय दिने भने सहमति भएको छैन
विभिन्न चरणको छलफलपश्चात सरकारको नेतृत्व कांग्रेसलाई दिएर चार दलको समीकरणमा नयाँ सरकार बनाउने सहमति बनेको छ ।
पहिलाकै समीकरण अन्तर्गत नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर नयाँ सरकार गठन गर्ने गरी सहमति भएको छ।
मधेस प्रदेश सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतिशकुमार सिंहको सरकार अल्पमतमा परेपछि यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि चार दलबिच सहमति भएको हो।
सत्तारूढ जनमत पार्टीले यसअघि मुख्यमन्त्री सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना दुई मन्त्री फिर्ता बोलाइसकेको छ। सिंह पनि जनमत पार्टीकै हुन्। जनमत र कांग्रेसले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री सतिश सिंहको सरकार अल्पमतमा परेको थियो।
जनमतले भदौ २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो।
मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ। नयाँ समीकरणअनुसार प्रदेश सभामा कांग्रेसको २२, एमालेको सभामुखसहित २४ (एक जना निलम्बनबाहेक) जनमतको १३, लोसपाको ८ जना (एक निलम्बन बाहेक) का सांसद छन्। यो संख्यालाई आधार मानेर नया सरकार निर्माणका लागि पर्याप्त बहुमत रहेको छ।
मधेश प्रदेश सरकारमा कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री बन्ने निश्चित



Leave a Reply