२८ फागुन, बारा: बारामा प्रहरीले ध्वनि प्रदुषण हुनेगरी डीजे बजाउने दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार कलैया बजार क्षेत्रमा ध्वनी प्रदुषण हुने गरी चर्को अवाजमा डिजे बजाउदै रहेको अवस्थामा नेपाल सुनिल बैण्ड कलैया बैण्ड र २ व्यक्तिलाई डिजे र गाडि सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२० काब मुन्ना कुमार साह र वडा नम्बर १२ का डिजे बाजाका संचालक मोहित चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो ।
चर्को अवाजमा डिजे बजाउने २ व्यक्ति साउन्ड सिस्टम सहित प्रहरीको नियन्त्रणमा
