एमाले अध्यक्ष ओलीको मस्तिष्क खलबलिएको कांग्रेस नेता तिवारीको आरोप

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 653
पढ्न लाग्ने समय : 1 मिनेट

५ जेठ,बारा: नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुट्को भ्रम छर्न तल्लीन रहेको आरोप लगाएका छन ।

कांग्रेस नेता तिवारीले सामाजिक संजाल मार्फत गिरीबन्धु टी स्टेट बारे एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेसबारे भ्रामक र झुठो अभिव्यक्ति दिएर सस्तो लोकप्रियता खोजेको आरोप लगाएका छन । उनले एमाले अध्यक्ष ओलीले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै मस्तिष्क खलबलिएको अभिव्यक्ति दिएकोमा गिरीबन्धु टी स्टेट्को जग्गा बारेको निर्णय कांग्रेसको सरकार भएको पालामा नभएको समाचार संचार माध्यममा आएकोले महामन्त्री थापाको नभई ओलीको मस्तिष्क स्पष्ट भएको बताएका छन ।

गिरीबन्धु टी स्टेट जग्गाको निर्णय एमाले सरकारकै पालामा भएको कांग्रेस युवा नेता तिवारीले भनेका छन ।

https://www.facebook.com/share/p/HQnSznPZdnH5vbzt/?mibextid=oFDknk