५ माध ,काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्डले देशभरका १४० निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनका अनुसार उम्मेदवार चयन गर्दा २०७९ सालको निर्वाचनमा निर्वाचित सांसदलाई प्राथमिकता दिइएको छ। एमाले विजयी भएका तथा अघिल्लो गठबन्धनबाट बाहिरिएका धेरै निर्वाचन क्षेत्रमा पनि कांग्रेसले उम्मेदवार तय गरिसकेको छ।
प्रवक्ता चालिसेले भने,
“छलफलमार्फत सहमतिमै उम्मेदवारी टुंग्याइएको हो। केही निर्वाचन क्षेत्रमा पुनरावलोकन आवश्यक भएकाले टिकट होल्ड गरिएको छ भने केही ठाउँमा निर्णय हुन बाँकी छ। टाढाका जिल्लामा यातायातका कारण टिकट वितरण हुन बाँकी छ।”
प्रदेशगत रूपमा टुंगिएका प्रमुख उम्मेदवार
कोशी प्रदेश
धनकुटा – दिनेश राई
पाँचथर – नरेन्द्र केरुङ
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
तेह्रथुम – सन्तोष सुब्बा
इलाम–१ निष्कल राई, इलाम–२ भेषराज आचार्य
उदयपुर–१ विदुर बस्नेत, उदयपुर–२ रामकुमार राई
मोरङ–३ सुनिल शर्मा
खोटाङ – वीरकाजी राई
ओखलढुंगा – रामहरि खतिवडा
सोलुखुम्बु – प्रकाश कार्की
बागमती प्रदेश
काठमाडौँ–६ सबुज बानियाँ
ललितपुर–१ उदयशम्शेर राणा
नुवाकोट–१ डा. प्रकाशशरण महत
नुवाकोट–२ जगदिश्वर नरसिंह केसी
काभ्रे–२ मधु आचार्य
दोलखा – अजयबाबु सिवाकोटी
सिन्धुली–१ उज्ज्वल बराल
गण्डकी प्रदेश
गोरखा–१ प्रेम खत्री, गोरखा–२ प्रकाश दवाडी
मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ – योगेन्द्र गौचन
बागलुङ–१ भिम शिरिष, बागलुङ–२ टेकराज पौडेल
म्याग्दी – केबी भण्डारी
पर्वत – अर्जुन जोशी
तनहुँ–१ गोविन्द भट्टराई, तनहुँ–२ शंकर भण्डारी
लमजुङ – गमप्रसाद गुरुङ
लुम्बिनी प्रदेश
पाल्पा–१ सन्दिप राना, पाल्पा–२ हिमालदत्त श्रेष्ठ
दाङ–१ योगेन्द्र चौधरी, दाङ–२ किशोर घिमिरे
रोल्पा – डा. सुदनकुमार वली
प्यूठान – डा. गोविन्दराज पोखरेल
रुपन्देही–२ चुन्नुप्रसाद पौडेल, रुपन्देही–३ सुशील गुरुङ
नवलपरासी–१ विनोद चौधरी, नवलपरासी–२ देवेन्द्र कँडेल
गुल्मी–१ चन्द्र भण्डारी, गुल्मी–२ भुवन श्रेष्ठ
कर्णाली प्रदेश
दैलेख–१ दिक्पाल शाही, दैलेख–२ बासना थापा
कालिकोट – हर्षबहादुर बम
डोल्पा – कर्णबहादुर शाही
जुम्ला – दीपबहादुर शाही
हुम्ला – जयपति रोकाया
मुगु – ऐनबहादुर शाही
सल्यान – केशव विष्ट
सुर्खेत–२ नारायण कोइराला
(सुर्खेत–१ होल्ड)
सुदूरपश्चिम प्रदेश
कैलाली–१ जनकराज चौधरी, २ विजय स्वार, ३ भरत बडुवाल, ४ वीरबहादुर बलायर, ५ नरनारायण शाह
कञ्चनपुर–१ गोपी उपाध्याय, २ एनपी साउद
डोटी – भरतबहादुर खड्का
बैतडी – चतुरबहादुर चन्द
बाजुरा – जनक गिरी
बझाङ – प्रकाश स्नेही
दार्चुला – धर्मानन्द जोशी
मधेश प्रदेश
धनुषा–१ मुक्ता कुमारी यादव, धनुषा–३ विमलेन्द्र निधि
सप्तरी–१ रामदेव साह, २ रामकुमार यादव, ३ दिनेश यादव, ४ तेजुलाल चौधरी
सिरहा–१ रामसुन्दर चौधरी
बारा–३ फरमुल्लाह मन्सुर
केही निर्वाचन क्षेत्र अझै होल्डमा
कांग्रेसले दाङ–३, कञ्चनपुर–३, डडेलधुरा, सुर्खेत–१ लगायत केही क्षेत्रमा उम्मेदवार टुंग्याउन बाँकी राखेको छ।






