क्याम्पस प्रमुखको हत्यारालाई कार्बाहीको माँगगर्दै प्रदर्शन

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 114
पढ्न लाग्ने समय : 1 मिनेट

१ असार, बारा: क्याम्पस प्रमुखको हत्यामा संलग्नलाई कार्बाही र शान्ति सुरक्षाको माँगगर्दै आज कलैयामा प्रदर्शन भएको छ ।

कलैयाका बुद्धिजीवी, विद्यार्थी, जनप्रतिनिधि र दलका प्रतिनिधिहरुले आज कलैयाको भरत चौकमा टायर बालेर प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा सहभागीहरुले शान्ती सुरक्षा कायम गर, क्याम्पस प्रमुखको हत्यामा संलग्नलाई कार्बाही गर, एसपी मुर्दावाद सहितका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि समेत प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा संविधानसभा सदस्य प्रमोद गुप्ता, दलका प्रतिनिधि , कलैया स्थित रामराजा मोवि शाह क्याम्पसका विद्यार्थ्र शिक्षक लगायत सहभागी थिए ।

कलैया स्थित रामराजा मोवि शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुश्वाहाको हिजो गोली हानी हत्या गरिएको थियो ।

Leave a comment