तेहरानमा अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा जनसागर, लाखौं सहभागी हुने अनुमान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

तेहरान, असार २० — इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी हुन राजधानी तेहरानमा ठूलो संख्यामा श्रद्धाञ्जली दिन आउनेहरूको भीड लागेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अत्यधिक भीडका कारण तेहरानस्थित मोसल्ला मस्जिदको उत्तरी प्रवेशद्वारसमेत खोलिएको छ। श्रद्धाञ्जली कार्यक्रममा देशका विभिन्न भागबाट नागरिकहरू तेहरान पुगेका छन्।
इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न सहरमा आयोजना गरिएका छ दिनसम्म चल्ने अन्त्येष्टि कार्यक्रमहरूमा १ करोड ५० लाखदेखि २ करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरेका छन्।
यसैबीच, इराकी सञ्चारमाध्यमका अनुसार अन्त्येष्टिमा सहभागी हुने तयारीस्वरूप बुधबार राजधानी बगदादमा सार्वजनिक बिदा दिइने भएको छ।
खामेनीको अन्त्येष्टि कार्यक्रम बिहीबार उनको जन्मस्थल मसहदमा पुगेर समापन हुनेछ, जहाँ उनलाई अन्तिम श्रद्धाञ्जलीसहित दफन गरिने जनाइएको छ।
गत फागुन २८ गते अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा अयातोल्लाह अली खामेनी र उनका परिवारका सदस्यहरूको मृत्यु भएको इरानी पक्षले जनाएको थियो।

Leave a Comment