काठमाडौं, असार २७ — काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा ४५ वर्षीय एक पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति अश्विन राउत हुन्। प्रारम्भिक अनुसन्धानबाट पारिवारिक विवाद, विशेषगरी छोरासँग भएको भनिएको विवादपछि उनले डेराको भान्सामा गई शरीरमा आगो लगाएको खुलेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका राउतलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ र अहिले सघन उपचार भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचाररत
Leave a Comment
Leave a Comment

