सिरहा, ७ साउन — सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष अपरेशन सञ्चालन गर्दै ७ राउण्ड गोली प्रहारपछि ६ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालका अनुसार बिहीबार साँझ करिब ५:३० बजेतिर शंकास्पद समूहलाई नियन्त्रणमा लिन खोज्दा परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड गोली चलाएको थियो।
प्रहरीको नियन्त्रणमा परेकामध्ये ५ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक रहेका छन्। उनीहरूको साथबाट करिब २२५ ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि लागूऔषध कारोबार सम्बन्धी अनुसन्धान अघि बढाइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको र अनुसन्धान पूरा भएपछि
सिरहाको लहानमा प्रहरीको अपरेशन : ७ राउण्ड गोली चलाएर ६ लागुऔषध कारोबारी पक्राउ
Leave a Comment
Leave a Comment

