काठमाडौं-२९ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा सविता भण्डारी बराललाई नियुक्त गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
भण्डारीलाई मुलुकले पहिलोपटक महिला महान्याधिवक्ता नियुक्त गरेको छ ।
नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि महान्यायाधिवक्ता रमेश बडालले आइतबार राजीनामा दिएका थिए। उनको राजीनामा आएपछि प्रधानमन्त्री कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्तको लागि राष्ट्रपतिलाई सिफारिस गरेकी थिईन ।
महान्यायाधिवक्तामा पहिलोपटक महिला नियुक्त
Leave a Comment
Leave a Comment


