बारा प्रहरीद्वारा साढे ७१ लाख मुल्य बराबरको समान सहित ट्रक पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 149
पढ्न लाग्ने समय : 1 मिनेट

२८ साउन, बारा: बारामा प्रहरीले करिब साढे ७१ लाख मुल्य बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-२१;अमलेखगञ्जबाट ना ३ ख ३९५० नम्बरको ट्रक सहित समान नियन्त्रणमा लिएको हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक त्रिभुवनलाल साहको नेतृत्वमा खटेको प्रहरी टोलीले ७१ लाख ६७ हजार पाँच सय रुपैयाँ बराबरको कपडा र विभिन्न मेशीनरी पार्ट्स बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराउनु भयो ।

बरामद गरिएको समान र ट्रक आवश्यक कार्बाहीकोलागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।