बिश्व प्रसिद्ध गढीमाई मेलामा ५० लाख सहित अन्य सहयोग गर्ने मुख्यमन्त्री सिंहको प्रतिबद्धता

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 160
पढ्न लाग्ने समय : 2 मिनेट

८ असोज, बारा: विश्व प्रसिद्ध पन्चबर्षीय गढीमाई मेलालाई ब्यवस्थापनको लागि मधेस प्रदेश सरकारले पचास लाख दिने भएको छ ।

महागढिमाई नगरपालिका कार्यालयको भवनमा आज आयोजना गरिएको सल्लाह सुझाव संकलन बिशेष कार्यक्रममा प्रमुख अतिथि रहेका मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले गढीमाई मेलालाई ब्यवस्थापनको लागि पचास लाख दिने प्रतिबद्धता व्यक्त गरेका हुन ।

मेलालाई थप व्यवस्थित गर्न ठाउँ ठाउँमा टावर लाइट जडान, ,खानेपानी , शौचालय लगायत अन्य ब्यवस्थापनमा समेत प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री सिंहले आश्वासन दिए ।

बाराका अधिकांस पालिकाका अध्यक्ष, नगरप्रमुख, उपप्रमुखले गढीमाई मेला आउनु भन्दा अगाडि आफ्नो पालिकामा सडकहरुलाई स्तर उन्नति गर्ने र मेलामा आउने दर्शनार्थीको लागि टेन्ट गाडेर बस्ने मिलाउने प्रतिबद्धता जनाए ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले प्रसिद्ध गढीमाई मेलामा दुई करोड भन्दा बढी दर्शनार्थी आउने बताउँदै त्यसको ब्यवस्थापनमा नगरपालिका लागिपरेको जानकारी गराए ।

नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको
कार्यक्रममा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ ,पुर्व मन्त्री फरमुल्लाह मंसुर, संबिधान सभा सदस्य रामअयोध्या यादव , शिवचन्द्र कुश्वाहा,जितपुर सिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेल ,निजगढ नगरपालिका नगरप्रमुख सुरथ पुरी ,पचरौता नगरपालिका नगरप्रमुख जलन्धर सिंह ,बारागढी गाउँपालिका अशोक कुमार जयसवाल , फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी , प्रसौनी गाउँपालिका बिनोद जयसवार , आदर्शकोतवाल गाउँपालिका जवाहरलाल साह , करैयामाई गाउँपालिका शम्भु यादव लगायत अन्य गाउँपालिका अध्यक्ष नगरपालिका नगरप्रमुख जनप्रतिनिधि , सुरक्षा निकायका प्रमुख, समाजसेबी, संचारकर्मीको उपस्थिति रहेको थियो ।