१९ भाद्र,काठमाडौ : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङले आज औपचारिक रुपमा दर्ज्यानी चिन्ह लगाएका छन्। गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो।
यससँगै खापुङले औपचारिक रुपमा नेपाल प्रहरीको सर्वोच्च नेतृत्व सम्हाल्दै प्रहरी संगठनको कमाण्ड जिम्मेवारी लिएका छन्।
यसअघि कार्यरत महानिरीक्षक दिपक थापा भदौ १८ गतेदेखि अनिवार्य अवकाश प्राप्त भएपछि नेपाल प्रहरीको सर्वोच्च पद रिक्त बनेको थियो। सो पदलाई भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
लामो अनुभवसहित नेतृत्वमा
खापुङ नेपाल प्रहरीमा लामो समयदेखि सेवा गर्दै आएका अनुभवी अधिकृत हुन्। उनले विभिन्न ठाउँमा प्रहरी प्रमुखको रुपमा काम गर्दा शान्ति–सुरक्षा, अपराध नियन्त्रण र संगठन सुदृढीकरणमा योगदान पुर्याएका छन्।
समारोहमा सरोकारवालाको उपस्थिति
गृह मन्त्रालयमा भएको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा उच्च प्रहरी अधिकारी, गृह मन्त्रालयका पदाधिकारी तथा सुरक्षासम्बन्धी सरोकारवालाको उपस्थिती थियो। कार्यक्रममा नयाँ नेतृत्वलाई शुभकामना दिँदै उहाँहरूका बक्तव्यहरूमा संगठनलाई सक्षम, अनुशासित र जनमुखी बनाउन निरन्तर पहल गर्ने अपेक्षा व्यक्त गरिएको थियो।
आगामी चुनौती र प्राथमिकता
दर्ज्यानी चिन्ह ग्रहण गरेपछि महानिरीक्षक खापुङले संक्षिप्त रुपमा आफ्नो प्राथमिकता प्रस्तुत गर्दै अपराध नियन्त्रण, संगठनभित्र पारदर्शिता र अनुशासनलाई प्रमुख एजेण्डा बनाउने प्रतिवद्धता जनाएका छन्। साथै, जनताको सुरक्षा र विश्वासलाई केन्द्रमा राखी प्रहरीलाई थप �


