हत्यामा संलग्नलाई कार्बाहीको माग

बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

१५ असोज, बारा : बाराको पचरौता नगरपालिका वडा नम्बर ९ का सोनेलाल प्रसाद यादवले आफ्नो छोराको हत्या भएको भन्दै हत्यामा संलग्नलाई पहिचान गरि कार्यवाही प्रक्रिया अगाडी बढाउन माग गरेका छन ।

स्थानीय एक युवती संगको प्रेम सम्बन्धका कारण आफ्नो छोराको प्रदिप यादवको हत्या भएको यादवको आरोप छ ।
आज कलैयामा पत्रकार सम्मेलनगरि यादवले न्यायको माग गरेका हुन ।

उच्च अदालतले मुद्दा  दर्ता गर्न परमादेश दिएपनी जिल्ला प्रहरी कार्यालयले आफ्नो छोराको हत्याको मुद्दा  दर्ता नगरेको पिडित यादवले आरोप लगाएका छन ।

स्थानीय केही व्यक्तिले २०८० मंसिर ९ गते आफ्नो छोराको हत्या गरेर फालेको यादवले आरोप लगाए ।

प्रहरीले भने हत्या हो कि दुर्घटना भन्ने बारेमा अनुसन्धान भईरहेको जनाएको छ ।

Leave a Comment