स्थानीय निकायलाई थप मजबुत बनाउन लागिपरेको मुख्यमन्त्री सिंहको भनाई

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 204
पढ्न लाग्ने समय : 1 मिनेट

२ कार्तिक, बारा: मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले स्थानिय निकायहरुलाई थप मजबुत बनाउन प्रदेश सरकार लागि परेको बताएका छन।

कलैया उपमहानगरपालिकाले आज मुख्यमन्त्री सिंहलाई सम्मान गर्न आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारबाट प्रदान गरिने शसर्त अनुदानको बजेट स्थानिय तहकै सिफारिसमा खर्च हुनेगरी व्यवस्था गर्न लागिएको बताए।

उनले पहिलाको सरकार जस्तै आफ्नो नेतृत्वको सरकारले कार्यकर्तालाई बजेट बाँडने कार्य नगरी जनताको आवस्यक्तालाई मध्यनजर गर्दै काम गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता गरिरहेका कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले पहिलाका मुख्यमन्त्री तथा मन्त्रीहरुले कमिशन बिना बजेट तथा योजना नदिएको गुनासो गर्दै अबको नेतृत्वले त्यसमा ध्यान दिनुपर्ने बताए।

उनले यसअघिका सरकारले कलैया उपमहानगरपालिकासंग व्यापक विभेद गरेको जनाउंदै यहाँको बिकाशका लागि प्रदेश सरकारको लगानी आवस्यक रहेको बारे मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराएका थिए।

मुख्यमन्त्री सिंहले कलैयाको गौरवको योजनाको रुपमा रहेको वडा नं.१ मा निर्माणाधिन ‘टाउन हल’को अनुगमन तथा कलैया-२४ स्थित कृषि मेलाको उदघाटन समेत गरेका थिए।

सो अवसरमा उपप्रमुख रौशन प्रविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतकाले मुख्यमन्त्री सिंहलाई दोसल्ला ओढाई मायाको चिनो सहित सम्मानित गरेका थिए।

सिंहसंगै जनमत पार्टिका बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेल लगायतका कार्यक्रममा सहभागी थिए।

Leave a comment